जनकपुरमा राष्ट्रपतिको अभिनन्दन स्थगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम ।यही जेठ ३१ गते हुने भनिएको राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तथा अभिनन्दन स्थागन भएको छ।

भ्रमणको व्यवस्थापनको जिम्मा लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण स्थगन गरेको जानकारी दिए।

‘भ्रमणको विषयमा बृहत् छलफलका लागि बुधबार बिहान धनुषाका सबै सांसद र पालिका प्रमुख लगायतकालाई बोलाएका थियौँ त्यो पनि स्थगित भएको छ’, उनले भने। ​अनुकुल मिलाएर राष्ट्रपति भ्रमण चाँडै गराउने पनि उनले बताए।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी गरिएको थियो। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।