काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी निर्देशन जारी गरेको छ । जसमा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।
शुक्रबार बसेको बैठकले अन्तर पार्टी निर्देशन जारी गर्दै जिम्मेवारी हेरफेर गरेको हो ।
जसमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
Comment