प्रचण्डलाई अब काँध हालेर हिड्न सकिँदैनः गुरुराज घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पाली कांग्रेसका नेता गुरूराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा बोकेर हिँड्न नसक्ने बताएका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत नेता घिमिरेले भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो देशको हितमा कुरा गर्न नसकेकाले अब काँधमा बोकेर हिँड्न नसक्ने बताएका हुन्। 

‘छिमेकी देशहरूसँग स्पष्ट रूपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध हालेर हिँड्न सकिँदैन। भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुने गरि प्रधानमन्त्री र उहाँको प्रतिनिधि मण्डलले सामान्य संवाद गरेको पनि देखिएन। यो अत्यन्त खेदजनक छ,’ उनले भनेका छन्। 

प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएको थियो। 

छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफुलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध हालेर हिड्न सकिदैन।भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुनेगरि प्रधानमन्त्री र उहाँको प्रतिनिधि मण्डलले सामान्य संवाद गरेको पनि देखिएन।यो अत्यन्त खेदजनक छ।

— Gururaj Ghimire (@ghimire_gururaj) June 5, 2023

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।