जुलुस पछि नेमकिपाले संसद् भवन अगाडी धर्ना दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ।

बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बोधन हुनेछ।

यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो। त्यस पछि निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ। यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुस र धर्ना गर्न लागेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।