गणतन्त्रको रक्षा गर्न आ-आफ्नो तर्फबाट पहल गरौँ : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै देउवाले लोकतन्त्रको स्थापना र पुन: स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रूपान्तरण गर्न सकिने तर्क गरेका छन्।

 ‘मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु’, उनको सन्देशमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।