नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई समेट्न सकेन : सांसद परियार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि पोखेका छन् । 

संसदमा नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्ने क्रममा शनिबार सांसद परियारले सरकारले आफ्नो दलसंग सामान्य सरसल्लाह समेत नगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै चित्त दुखाएका हुन् । बजेटले नीति तथा कार्यक्रमले देशको सरकारी तथ्याङ्ले भनेको १३ प्रतिशत दलितलाई छुन नसकेको उनको भनाइ थियो । 

उनले भने, ‘यो नीति तथा कार्यक्रम पढिरहदाँ यस्तो लाग्छ हामीले राजनीतिक व्यवस्था त परिवर्तन गरेका छौ । परिवर्तन अनुसारको काम भएन, हिजो जस्तो थियो त्यस्तै नै आएको त भन्न सक्दिन तर मलाई दुःख लाग्छ यो नीति तथा कार्यक्रमले यो देशको सरकारी तथ्यांकले भनेको १३ प्रतिशत दलितलाई छुन सकेन, राज्य व्यवस्थामा अंशियार नै खोज्ने भएपनि १३ प्रतिशत चाहिन्छ यहाँ किन आउन सकेन ।’   

सांसद परियारले सबैभन्दा ठूलो भ्रष्टाचार विकासको काममा र परियोजनामा हुने गरेको भन्दै यसलाई रोक्नको लागि यो नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध ठोस कुराहरु आउनुपर्ने बताए । उनले देशको पर्यटकहरुको लागि भौतिक सुविधाको काम र उच्च शिक्षामा नीति कमी भएको जस्ता विषयवस्तु राख्दै अब विकासलाई नयाँ सिराबाट बहस गर्न थाल्नु पर्ने बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।