नीति कार्यक्रम समयमा प्रस्तुत हुन सकेन : मेटमणि चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन्। 

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताए। उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनुपर्ने समय निर्धारण हुनुपर्ने बताए। उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइ सकेपछि छोराछोरी जन्माउने बारेको छलफलजस्तो भएको टिप्पणी गरे । उनले सरकारले आवश्यकता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिए । 

उनले राजश्व नियन्त्रण गर्न नसकेको र मिलिजुली राजश्व छल्ने काम गरिहेको आरोप लगाए।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।