कांग्रेसीले लगाए ‘बालकृष्ण खाण मुर्दावाद’ को नारा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा  ‘बालकृष्ण खाण पक्राउ  परेपछि कांग्रेसीहरु विरोधीमा उत्रिएका छन् ।  इतर समूहका प्रभावशाली नेताहरुले खाणकै निर्वाचन क्षेत्रमै कार्यक्रम गरेर उनको गलत कामको विरोध गरे । 

‘सहभागीहरु खाणप्रति धेरै आक्रोशित देखिए, थेग्नै सकिएन, कारबाहीको माग गर्दै मुर्दावादको नारा लगाए खाणविरुद्ध- सहभागी एक नेताले भने- गलत गर्नेलाई अब कारबाही नगरी कसरी पार्टी बन्छ, यो पार्टी सबै कांग्रेसहरुको हो, कोही व्यक्तिको होइन’, उनले भने ।

भैरहवाको कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, डा.गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाही, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, पाल्पा सभापति बीरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल, पूर्वसांसद प्रमोदकुमार यादव, लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेललगायतका प्रभावशाली नेताहरुले खाण र संस्थापन पक्षको खुलेर विरोध गरेका थिए ।

बालकृष्णलाई जिल्लामा सधैं साथ दिएका पूर्व जिल्ला सभापति तथा प्रदेश सांसद अब्दुल रज्जाक र पूर्वसांसद भरतकुमार शाहलाई असहयोग गरेको, कान्छी श्रीमती मन्जु खाणलाई समानुपातिक कोटामा सांसद बनाएको, सहोदर भाइलाई पार्टी रुपन्देहीको सभापति र तिलोत्तमाको मेयर बनाएकोलगायतका विषयमा अर्को पक्ष तीव्र असन्तुष्ट छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।