नीतिगत सुविधाका लागि राजनीतिक नेतृत्वसँग निकटता खोज्ने वातावरण अन्त्य हुनुपर्छ:वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीतिगत सुविधाका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निकटता खोज्ने वातावरणको अन्त्य हुनु पर्ने बताएका छन् ।

मंगलबार काठमाडौमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटनसत्रमा उनले यस्तो बताएका हुन्।

उत्पादन गुणस्तार बनाउनेभन्दा पनि राजनीतिक नेतृत्वसँग निकट हुनमा उद्योगी व्यवसायीहरूले ऊर्जा लगाउँदा केही हुँदैन। अहिले नेपालमा यही भइरहेको छ र यो खराब भएको उनले बताए।

उनले भने, ‘यो अन्त्य नहुँदासम्म समान प्रतिस्पर्धात्मक वातावरण हुँदैन। यसका लागि नीतिगत सुधार गर्नुपर्छ।’ कसैको ढोका चहार्न नपर्ने नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

पहिले–पहिले उद्योगीहरूले आफ्नै उद्योगको फाइदामा लबिङ गर्ने गरेका थिए । अहिले राष्ट्रिय परिपेक्षबाट मुद्दा उठान र लबिङ गरेका छन् ।

यो राम्रो पक्ष हो,’उनले भने, “तर, व्यवसायमा सक्रिय हुनुभन्दा लाइसेन्स प्राप्तिमा व्यवसायीहरू सक्रिय छन् । नेता र मन्त्रीको दैलो चहार्छन् । यो अन्य हुनुपर्छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।