एमाले स्थायी कमिटीको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ। 

एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अब केही बेरमा पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बैठक सुरु हुने जानकारी दिए। 

एमालेको स्थायी कमिटी बैठक हिजै (शुक्रबार) राख्ने योजना भए पनि समूहगत छलफलमा समय लागेकाले आज राख्न लागिएको हो। 

‘बैठक (स्थायी कमिटी) ले केन्द्रीय कमिटीमा भएका समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्छ’, स्थायी कमिटी सदस्य तामाङले स्थायी कमिटी बैठक सुरु हुनुअघि नेपालखबरसँग भने, ‘अनि उक्त कार्ययोजना आजै केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।’

आज दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र समापन गरिने उनले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक आज सक्न लागिएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।