झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरणः हराएका माननीयको खोजी गरेको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजि गरेको रूपमा लिन आग्रह गरेका छन्। 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठमा समय माग गरी बोल्दै सांसद रायमाझीले यस्तो स्पष्टीकरण दिएका हुन्। उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रूपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरेका छन्। 

‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले। यो विषयमा उहाँहरूले आफ्नै सन्तान बनाउन हिजो साथीहरूले भन्नुभयो, मैले उहाँहरूको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजि गरेको हो। यसमा उहाँहरूले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ,’ उनले भने। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।