संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीस नियुक्तिबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। 

‘बैठकको अन्य एजेन्डा भनिएको छैन। अस्तिकै बैठकको निरन्तरता भनिएको छ। बाँकी कार्यसूचीबारे केही भनिएको छैन,’ उनले जानकारी दिइन्। 

शनिबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि बैठक बोलाइएको हो। भोलिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने बताइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।