राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले उम्मेदवारी दर्ता गरेका हुन ।

पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका भित्र बहादुर केसी लगायत शीर्ष नेताहरु पुगेका छन्।

यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।