पेरिसडाँडामा माओवादीले मनायाे ‘जनयुद्ध’ दिवस (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘काठमाडौं । जनयुद्ध’ दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएका छन् । यसअवसरमा आज पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । सम्बाेधनका क्रममा प्रचण्डले माओवादी शक्तिहरू एकीकृत गर्ने प्रयास भइरहेकाे बताए ।

केही तस्वीरहरू :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।