विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ कार्यविध परिमार्जन गर्न सरकार तयार भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सडकमा हिडेको निहुँमा ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।

संघले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

सरकार र चिकित्सक संघबीच बिहान ६ बुँदे सहमति भएको थियो । उक्त सहमितको ४ नम्बर बुँदामा सो परिमार्जनसम्बन्धी कुरा उल्लेख गरिएको छ ।

सहमति पत्रको बुँदा नम्बरमा चारमा लेखिएको छ, ‘ विशिष्ट व्यक्तिको सवरीमा सुरक्षा व्यवस्था गर्दा विरामी एवं आम नागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने । नेपाल सरकारले उक्त सुझावहरूलाइ यथासिघ्र कार्यान्वयनमा लैजाने ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।