राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।

प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए ।

पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएपछि राप्रपाले बैठक बोलाएको हो ।

गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएपछि अहिले गठबन्धनमा नेताहरुबीच दुरी बढ्दै छ । माओवादीले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने बताइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।