माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक छान्न सकेन दलको नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोटका लागि शनिबार बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

दलको नेतामा सहमति जुट्न नसक्दा आज आइतबार पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताका लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेकोमा अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्जसमेत रहेका भट्टलाई समर्थन गरेका छन् । 

भाटले भने दलको नेतामा आफ्नो अडान कायमै राखेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।