स्पेनिस ला लिगा: बार्सिलोना बराबरीमा रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको छ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको सातौं मिनेटमा मार्कोस अलोन्सोले गरेको गोलसँगै बार्सिलोनाले अग्रता लिएको थियो।

स्पान्योलको लागि ७१औं मिनेटमा पेनाल्टीमार्फत होसेलुले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै १५ खेलबाट ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक जोडेको रियाल दोस्रो स्थानमा छ। स्पान्योल १५ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।