एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन्।

शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिए । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । 

सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उनले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।