रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम,को–को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।

पार्टी सभापति रवि  लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ । स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।

दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन्। उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन् ।

सम्बन्धित समाचार :

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका सांसद (नामावलीसहित)

माओवादीद्वारा १४ समानुपातिक सांसदको नाम आयोगमा पेस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।