माओवादीद्वारा १४ समानुपातिक सांसदको नाम आयोगमा पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ।  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ ।

जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन्।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ। मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ।

सम्बन्धित समाचार :

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका सांसद (नामावलीसहित)

रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम,को–को परे ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।