प्रतिनिधिसभातर्फ १११ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १११ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ३८ स्थानमा जित निकालेको छ भने थप १४ स्थानमा अग्रता लिइरहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले २६ स्थानमा जित हात पार्दा २३ स्थानमा अग्रता लिएको छ। 

सत्तारूढ दल माओवादी केन्द्रले १२ स्थानमा जित निकाल्दा ४ स्थानमा अग्रता बनाएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा ० स्थानमा अग्रता बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै १ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाइरहेको छ।

जनता समाजवादी पार्टीले  २ स्थानमा जित निकाल्दा अझै ४ स्थानमा अग्रता बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले  २  स्थानमा जित निकाल्दा अझै २ स्थानमा अग्रता बनाएको छ। 

नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा जित निकाल्दा अझै १ स्थानमा अग्रता बनाएको छ।  नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १र१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ६ सिटमा विजयी भएका छन्।

यो पनि :

समानुपातिक ‘अपडेट’ : कांग्रेस र एमालेले ल्याए ८ लाख बढी मत,कुनको कति ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।