नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) मा रमेश महत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन्।

निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार बिहीबार सम्पन्न भएको मतगणनामा कांग्रेसका नुवाकोट सभापतिसमेत रहेका महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत ल्याए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त गरेका छन् । एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा थिए ।

जिल्लाको ककनी, लिखु, सूर्यगढी गाँउपालिका र पञ्चकन्या गाँउपालिकाको वडा नं. १, २ र ५ यस प्रदेश निर्वाचन क्षेत्रमा पर्दछन् ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ३२ हजार दुई सय ४० मत खसेको थियो । अब निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) को मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

यो पनि :

पासाङ ल्हामु मार्गको स्तरोन्नती देखि फोहोरमैलाको दिगो समाधान गर्न मेरो उम्मेदवारी : रमेश महत

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।