नेपालको समृद्धिका लागि एमाले सरकार आवश्यक : पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरीय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धिलाई यसपनि एमाले सरकारले अघि बढाएकाले अव पनि यसलाई निरन्रता दिन एमालेकै सरकार आवश्यक पर्ने बताएका हुन्।

उनले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगाएतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको दाबी गरे। त्यस्तै पोखरेलले अहिलेको मुख्य कार्यभार राजनीति स्थायीत्व रहेकाले पनि राजनीतिक स्थायीत्व नभई देश अघि बढ्न नसक्ने तर्क गरे।

राष्ट्रिय हितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उनको भनाइ छ। उनले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रूप लिने धारणा राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।