बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, इश्वर पोखरेललाई ठूलो झड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेस गरेका छन् । 

काठमाडौं ५ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले शुक्रबार श्रेष्ठसहित एक सय ५० बढी एमाले कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । युवा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव भएकाले एमाले परित्याग गरेको उनले बताएका छन् । 

एमालेले पुराना नेता बोकेर हिँडेको र कांग्रेसमा प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेता नेता भएकाले कांग्रेस प्रवेश गरेको उनको भनाइ छ । श्रेष्ठ शुक्रबारदेखि नै पौडेलको प्रचारमा हिड्न थालेका छन् । 

पहिले इश्वर पौडेललाई आफूहरुले जिताएपनि निर्वाचन क्षेत्रको विकास गर्न नसकेकाले जनतामा निराशा रहेको श्रेष्ठले बताए । धेरै एमाले कार्यकर्ता प्रदीपको पक्षमा खुलिरहेको श्रेष्ठले बताए । यसले इश्वर पोखरेललाई ठूलो झड्का लागेको छ । 

निर्वाचनको मिति नजिकिदै गर्दा प्रदीपको माहोल राम्रो बनेपछि इश्वर पोखरेल निराश बनेको स्थानीय रुपेश घिमिरेले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।