इसेवाको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा अनुपमले जिते १ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् ।

उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत रू २० हजार नगद जितेका छन् ।

साथै पोखरेलले बीमा गरेका नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद रू २० हजार प्राप्त गरेको छ । विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बिच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरे ।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद रु एक एक हजार रुपैयाँ जित्न सफल हुनुभएको छ । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।

नगद हस्तान्तरण कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने ,‘ हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ । यसमा आम बिमितहरुको उत्साहजनक सहभागीता रह्यो । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ’ ।

यसैगरि कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आइटी प्रमुख शरद चन्द्र प्याकुरेलले इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आइरहेको र पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको जानकारी दिए ।

जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ । यसले बीमा गर्ने बीमित, बिमा एजेन्ट देखि हामीजस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ । योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको योयो । यस अवधिमा ६० वटा भन्दा धेरै बिमा शुल्क इसेवा मार्फत भुक्तानी भएका थिए ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।