राष्ट्रपति नागरिकता विधेयकलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा रहेकाे देखेँः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयकलाई राजनीतिक विषय बनाउने मुडमा देखिएको बताएका छन् । 

शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राष्ट्रपतिसँगको भेट र कुराकानी गर्दा विधेयक प्रमाणीकरण गर्ने मुडमा नदेएिको बताएका हुन् ।  ‘हुन त केही दिनअगाडि राष्ट्रपतिलाई भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ । नगर्ने सम्भावना (प्रमाणीकरण) पनि छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले दोस्रोपटक पनि प्रमाणीकरण भएन भने राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ भनेको थिएँ । यी दुईवटामा एउटा हुनसक्छ । अनुमानको कुरा हो ।’

उनले दोस्रो पटक पनि सरकारले ल्याएको विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए । त्यस्तो भएको अवस्थामा राष्ट्रपतिको राजीनामा र अदालती प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए। 

राजीनामा र अदालती प्रक्रियाका बारेमा राष्ट्रपतिलाई पनि भनेको प्रचण्ड बताउँछन् । ‘मैले राष्ट्रपतिजीलाई भनेको  थिएँ– यदी तपाईँले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ,’ उनले भने । 

प्रचण्डले अगाडि भने, ‘यो दुइवटा हुनसक्छ यो अनुमानको कुरा हो तर मलाई लाग्छ राष्ट्रपतिले यो पटक प्रमाणीकरण गर्नुहुन्छ।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।