सिट बाँडफाँटमा समस्या छैन, आजै दिउसो टुंगोमा पुग्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने बताएका छन्।

शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

उनले सिट बाँडफाँटमा जटिल समस्या पैदा नभएको पनि बताएका छन् । बिहीबार नै टुंगो लगाउने भनिएपनि नेताहरु अन्यत्र कार्यक्रममा सहभागी हुनुपर्ने भएका कारण बैठक बस्न नसकेको उनले बताए । 

शुक्रबार (२४ भदौ) दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझादारी बनेको उनले बताए । 

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको उद्धेश्यका लागि गठबन्धन बनेको कुरा सर्वविदीतै रहेको बताउँदै प्रचण्डले सो उद्धेश्य अहिले पनि आवश्यक रहेको बताए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।