राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। 

उनी भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता हुन्। श्रीलंकन मूलका क्यानेडियन नागरिक पुबुदु दासानायकेले यही साउन ४ गते राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन थियो। दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८ महिना प्रशिक्षण दिएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।