मदन पुरस्कारका लागि ८ पुस्तकको छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   मदन पुरस्कारका लागी ८ वटा पुस्तक छानिएका छन्।२०७८ का लागि मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको जानकारी दिएको छ । 

सूचिमा दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश, नयनाथ पौडेलको लिच्छवि लिपि, पद्मसुन्दर जोशीको हिति प्रणाली सुजित मैनालीको सतीस् इतिहास र मीमांसा छन् । गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची सार्वजनिक गरिएको हो । 

यी मध्ये एकलाई छनौट गरी २०७८ को मदन पुरस्कार दिइनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।