विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ९६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।