प्रेस काउन्सिलले २२ अनलाइनलाई सचेत गरायो, १६ युट्युबमाथि कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिल नेपालले २२ वटा अनलाइन र १६ वटा युट्युबविरुद्ध ‘एक्सन’ लिएको छ । २२ वटा अनलाइलाई सचेत गराएको छ भने १६ वटालाई युट्युबलाई कारबाहीको सिफारिस गरेको छ ।

अभिनेता पल शाह र एक नाबालिग गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम, युट्युब र सामाजिक सञ्जालहरूबाट सम्प्रेषण भएका सामग्रीहरूप्रति लक्षित गर्दै काउन्सिलले कारबाही अघि बढाएको हो ।

‘दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ ।’

अनुगमनका क्रममा विभिन्न सञ्चारमाध्यम, वेबपोर्टल र खासगरी युट्युबबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने काम भएको देखिएकाले कारबाही गर्नुपर्ने अवस्था आएको काउन्सिलले जनाएको छ ।

‘पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न मिडिया र सामाजिक सञ्जालमा सम्पे्रषित सामग्रीबारे आफूहरूकहाँ उजुरी र गुनासा बढिरहेकाले यसको नियमन र व्यवस्थापनका लागि सुझाव दिन एक कार्यदल गठन भइ कार्य भइरहेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

हेरौँ विज्ञप्ति :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।