श्रीमानले बनाएको सरकारले संवैधानिक व्यवस्थाको उलंघन गर्दै : ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उलंघन गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गरेको बताएका छन् । कानुनलाई उल्लघंन गरेको कदापी स्वीकार्य हुने छैन ।’

उनले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् । यसका साथै उनले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समय भित्रै गर्नूपर्ने जिकिर गरे ।

पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई बिचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।