प्यूठानमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्यूठानमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुलासहित सात घाइते छन् ।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ। ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्यान गएको हो। अन्यको पहिचान खुल्न बाँकी छ।

घाइतेको उद्धार गरेर जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।