प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष २०७५–७६ को वर्गीकरणको लागि (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए ।  जसमध्ये क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६–७७ को वर्गीकरणको लागि (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) गरी ८७८ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २३९, ख वर्गमा ४३१, ग वर्गमा १६३, र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।