माघ १५ सम्म विद्यालय बन्द हुने, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले  सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ। 

कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसी सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  सार्वजनिक स्थानमा प्रवेश गर्नुपरेमा कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने छ । सार्वजनिक स्थानमा कडाइ सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउन सिसिएमसीले निर्देशन दिएको सिसिएमसीले जनाएको छ ।

समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको जानकारी दिइन् । केन्द्रले विद्यालय बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरकरालाई परिपत्र गर्ने भएको छ । 

स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालल बताइन् । ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने उनले जानकारी दिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।