धरान जाँदै प्रधानमन्त्री देउवा, उपमहानगरले दियो सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।

देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसबाहेक धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान-१२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकनको कार्यक्रम पनि तय भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।