सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौं धर्मस्थली वडा न. ६ स्थित सुर्योदय टोलमा सम्पन्न कार्यक्रममा टोल सुधार समितिले आ.व २०७७/०७८ मा भएको आर्थिक तथा प्रगति प्रतिवेदन पारित र आगामी वर्षको निति तथा कार्यक्रम पास गरेको छ । 

साधारण सभामा संस्थाका निर्वतमान अध्यक्ष केसब राज रेग्मीले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए । साथै संस्थाको आगामी योजना तथा प्रतिबद्धताहरुको व्याख्या गरे ।

तेस्रो वार्षिक साधारण सभाले अध्यक्षतामा ढलक बहादुर महत, उपाध्यक्ष्मा रघुनाथ भण्डारी,कोषाध्यक्ष्मा रामबाबु सापकोटा,सचिवमा बिष्णु कुमार गिरी सहित नौै जनाको सर्वसम्मत नयाँकार्य समिति चयन गरेको छ ।

तेस्रो वार्षिक साधारण सभा कार्यक्रममा  पूर्व रक्षामन्त्रि तथा संघिय संसद भिमसेन दास प्रधानको आतिथ्य रहेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।