आजकाे माैसमः कहाँ कहाँ छ वर्षा र हिमपातकाे सम्भावना?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा  तथा बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

आइतबार

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राति: प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ।  

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।