कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् ।

सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।

आइतबार दिउँसो १ बजेसम्मका लागि मनोनयन फिर्ताका लागि दिएको समयमा एक सभापति, एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।