विदेशी लगानी प्रतिबद्धता बढ्यो,उर्जा क्षेत्रमा आकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा विदेशी लगानी प्रतिबद्धता बढ्दै गएको छ।

उद्योग विभागमा तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष मंसिर दोस्रो सातासम्म लागि आएको लगानी प्रतिबद्धताको परिमाणले वैदेशिक लगानी बढेको देखाएको हो।

मंसिरसम्ममा नयाँ उद्योगका लागि १ खर्ब ५० अर्ब ३५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

नयाँ उद्योगमा लगानी भएको रकम गत वर्षको तुलनामा दोब्बरले बढी हो । करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।

उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो । गत वर्ष मंसिर दोस्रो सातासम्ममा जम्मा ८७ उद्योग दर्ता भएका थिए ।

विभागका अनुसार चालु वर्षको हालसम्म पर्यटन क्षेत्रमा २७, उत्पादनमूलक क्षेत्रमा ५६, कृषि तथा वन पैदावार क्षेत्रमा १०, ऊर्जा क्षेत्रमा १६, सूचना प्रविधि क्षेत्रमा २, उद्योग,पूर्वाधारमा १ उद्योग, सेवामूलक क्षेत्रमा १८ उद्योग दर्ता भएका छन् । यी उद्योगहरु संचालनमा आएपछि ११ हजार ८३५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । मंसिरसम्म दर्ता भएको ऊर्जा क्षेत्रका १६ उद्योगमा ७६ अर्ब ३ करोड ७१ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो ।

त्यसैगरी, कृषि तथा बन पैदावार क्षेत्रका १० उद्योगमा १ अर्ब ८५ करोड, सूचना तथा प्रविधि क्षेत्रको २ उद्योगमा २० करोड, पूर्वाधार क्षेत्रको १ उद्योगमा ४ करोड ४० लाख लगानी प्रस्ताव आएको छ ।

५६ उत्पादनमूलक उद्योगमा ३८ अर्ब २७ करोड ४४ लाख, १८ सेवामूलक उद्योगमा १७ अर्ब ५९ करोड पर्यटन क्षेत्रका २७ उद्योगमा १ अर्ब ९५ करोड लगानी प्रस्ताव आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।