बहादुर सिंह लामाको केन्द्रीय सदस्यमा उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेस नेता एवं सङ्घीय सांसद बहादुरसिंह लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । लामाले संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता गर्दै लामाले भने‚‘यसपाली यो पदमा मेरो योग्य पुगेकाले उम्मेदवारी दिएको हो ।’

‘समुदायको प्रतिनिधित्व तथा सो समुदायको पार्टीमा अपनत्व बोध गराउन तथा नेपाली काँग्रेसलाई आकर्षक पार्टी बनाउन मेरो उम्मेदवारी हो’‚ उनले भने ।

२०४३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका लामा युवा व्यवसायी हुन् । पार्टीमा विकासप्रेमी नेताको रूपमा उनलाइ चिनिन्छ । लामाले जिल्लाको लागि महत्त्वपूर्ण योगदान दिएका छन् ।

विद्यार्थी जीवनदेखि राजनीति गरेका लामाले २०५४ सालमा किस्पाङ गाउँपालिकास्थित साबिक मनकामना  गाविस अध्यक्ष बनेका थिए ।

नुवाकोट, रसुवा, सिन्धुपाल्चोक धादिङ, काभ्रे, दोलखा लगायतका तामाङ बाहुल्य क्षेत्रका मानिसहरू पक्कै नि आफ्नै मान्छे नेतृत्वमा पुग्न सकेको खण्डमा खुसी हुन्छन्‚ लामाले भने‚ ‘पार्टीप्रति अपनत्व बोध गर्छन् । मैले जुन किसिमको काम गरेको छु, नेतृत्व गरेको छु । अनुभव बटुलेको छु, सोको आधारमा आफू दाबेदार गरेको हो ।’

प्रतिभावान् युवा नेता लामा जहाँ गयो त्यहीँ एक खालको नौलो प्रभाव छोड्छन् । देउवानिकट सभापति इन्द्र बानियाँलाई जिताउन लामाले हेटौँडामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।