थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ३ सय २९ पिसिआर परीक्षणका क्रममा २ सय ४५ जना र २ हजार १ सय ४० एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १६ हजार ८ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण २४ घण्टामा थप २ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोनाका कराण ११ हजार ५ सय २६ जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै थप २ सय ५६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २ हजार ९ सय ९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ हजार ९ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।