नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले  संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।