कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि  अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ । त्यस्तै,  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा तोकेको छ ।

बेलायती पाउण्ड स्टरलिंड एकको खरिदमा १६४ रुपैयाँ ४६ पैसा र बिक्रीमा १६४ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ८० पैसा र बिक्रीमा ९० रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ हरेको छ । 

 त्यस्तै, क्यानेडिन डलर एकको खरिदमा ९६ रुपैयाँ ६९ पैसा बिक्रीमा ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर १० रुपैयाँ ५२ पैसा बिक्रीदर १० रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।