यूएई ‘टुरिष्ट भिसा’ : कुन–कुन खोपलाई मान्यता दिइएको छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आवाशिय भिषा बाहकलाई मात्र दुबई प्रवेशको अनुमती दिएको  दुबई सरकारले अब भिजिट भिषा बाहकलाई पनि दुबई प्रवेश गर्न दिने भएको छ ।

यूएईले सोमबार अगस्ट ३० देखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । 

यूएईले नेपालसहित बंगलादेश, कंगो, भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो।

इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा पाउने पर्यटकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत को’भिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ। यात्रीले यूएई प्रवेश गरेसँगै विमानस्थलमा अनिवार्य रेपिड पीसीआर परीक्षण गर्नुपर्ने प्रावधान पनि छ।

खोप नलगाएका यात्रीको सन्दर्भमा तथा आपतकालीन क्षेत्रका व्यक्तिको सन्दर्भमा भने पूर्ववत् नियम यथावत् हुने बताइएको छ। कुन–कुन खोपले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेका छन् त रु

विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेका को’भिडविरुद्धका खोपहरु यसप्रकार छन् :

–मोडर्ना

–फाँइजर बाँयोटेक

–जोनसन् एन्ड जोन्सन्

–अक्सफोर्ड एस्ट्राजेनेका

–कोभिसिल्ड

–सिनोफार्म

–सिनोभ्याक

सम्बन्धित विषय

यूएईमा सबै भिसामा विदेशीलाई प्रवेश अनुमति, नेपालाट भिजिट जानेको भीड

यूएईले खोप लगाएका पर्यटकलाई भिसा दिने तर यस्तो छ शर्त

भोलि अर्थात अगष्ट ३० देखि टुरिस्ट भिसामा नेपालीलाई युएई प्रवेश खुला

अब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त

आजदेखि नेपालीलाई युएई प्रवेश खुला

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।