काठमाडौँ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १४ जनालाई रिहा गर्न आदेश दिएको छ ।
विभिन्न मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्य चुडामणि वली आदर्शसहित १४ जनालाई रिहाई गर्न आदेश दिएको हो ।
उनीहरूलाई बाजुरा प्रहरीले २२ कात्तिक २०७६ मा पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले हातहतियार तथा राजद्रोहको मुद्दा चलाएको थियो । सोही अभियोगमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । सो आदेशलाई सर्वोच्चले उल्ट्याउँदै चुडामणिसहित १४ जनालाई रिहा गर्ने आदेश दिएको हो ।

Comment