थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ६०३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५६१ जना गरी कुल १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।

सो अवधिमा संक्रमित भएकामध्ये ४६१ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसअनुसार काठमाडौं जिल्लामा ३४२, ललितपुर  जिल्लामा ८८ जना र भक्तपुर जिल्लामा ३१ जना संक्रमित भेटिएका छन् । यसैगरी सो अवधिमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ रहेको छ ।

हाल नौ ओटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ। हाल कर्णाली प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण देखिएको रहेको मन्त्रालयले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।