कांग्रेस प्रदेश सभापति महर्जनको नेतृत्वमा काेराेना पीडितलाई सहयोग हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ काे प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ का सभापति जितेन्द्र महर्जनकाे नेतृत्वमा काेराेना पीडितलाई सहयोग हस्तान्तरण गरिएको छ। 

महर्जनकाे नेतृत्वमा आज ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने अनिता नेपालीलाई पच्चीस हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हाे । 

सहयाेग हस्तान्तरणका लागि प्रदेश क्षेत्रीय सभापति जितेन्द्र महर्जन, शिक्षक संघका पूर्वउपाध्यक्ष सुदर्शन घिमिरे, क्षेत्रीय सदस्य गाेविन्द घिमिरे, वडा सभापति उमेश केसी सहितका व्यक्तित्वहरुकाे उपस्थित रहेकाे थियाे । 

प्रदेश क्षेत्रीय सभापति महर्जन आफ्नो निर्वाचन क्षेत्रकाे सामाजिक तथा राजनीतिक कार्यमा क्रियाशील रहेका कारण लाेकप्रिय छन्। विभिन्न सामाजिक संघसंस्था तथा सहकारी क्षेत्रमा समेत क्रियाशील महर्जनले नेपाली कांग्रेसकाे आगामी महाधिवेशनमा ललितपुर प्रतिनिधि निर्वाचन क्षेत्र  नं. ३ काे क्षेत्रीय सभापतिका लागि तयारी गरिरहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।