‘कोथिना मिठो छ’ ले गर्यो स्वास्थ्य सामग्री वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलिनरी आर्ट स्कुल  ‘कोथिना मिठो छ’ ले कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । 

स्कुलले नेपाली चेली फाउण्डेसन संगको सहकार्यमा गोरखा,रसृवा, सिन्धुपाल्चोक र  सोलुखुम्बुका विभिन्न ठाउका स्थानीय बासिन्दाहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो । ति ठा्उहरुमा आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण गरिएको स्कुलका अध्य​क्ष देबेन्द्र​ पोख्रेलले जानकारी दिए । 

स्कुलले ग​त​ वर्ष पनि सरकारले लगाएको निषेधज्ञामा देशका विभिन्न दुर्गम जिल्लाहरुमा पुगेर स्वास्थ्य सामग्री, राह​त र खाधयन्न वितरण गरको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।